२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

आजदेखि कोशी प्रदेश लगानी सम्मेलन [हेर्नुहोस् दश तस्बिर]

बिहिवार , बैशाख १८, २०८२

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा लगानी सम्मेलन सुरु हुँदैछ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले विहान साढे ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा कृषि, पर्यटन, उद्योग, ऊर्जा, पूर्वाधार लगायतका क्षेत्रका ७१ परियोजना प्रस्तुत गरिनेछ, जसको कुल अनुमानित लगानी लागत करिब १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । सम्मेलनमा विभिन्न देशका दूतावास, अन्तर्राष्ट्रिय विकास साझेदार, नेपालका उद्योगपति तथा प्रवासी नेपालीहरूको सहभागिता रहने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिए ।

कोशी प्रदेश सरकारको पहलमा पहिलोपटक आयोजना हुन लागेको यस लगानी सम्मेलनको माध्यमबाट आन्तरिक तथा बाह्य लगानीकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । प्राधिकरणका अनुसार लगानीको वातावरण निर्माण गर्न आवश्यक कानुनी संरचनाको अध्ययन, सरलीकरण तथा लगानीमैत्री नीतिहरूको संशोधन प्रक्रिया सुरु गरिएको छ ।

लगानी सम्मेलन सफल बनाउन ‘प्री मिट’ र ‘फ्लोअप मिटिङ’ समेत सम्पन्न भएको छ । सहभागीहरूलाई लगानी प्रक्रिया तथा नीतिहरूको बारेमा जानकारी दिने उद्देश्यले ‘प्ल्याटफर्म मिटिङ’ आयोजना गरिएको थियो । लगानी सम्मेलनमार्फत प्रदेशको समृद्धि र पूर्वाधार विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सम्मेलनमा प्रदेशका मुख्यमन्त्रीहरु, चीन, भारत, अमेरिका, दक्षिण कोरिया लगायतका देशका प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट