२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नेपालको अर्थतन्त्र सकारात्मक लयतर्फ अघि बढेको छ : उपप्रधानमन्त्री सिंह

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सकारात्मक लय समाउने दिशामा अघि बढिरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नयाँ बानेश्वर व्यापार व्यवसायी संघले आयोजना गरेको वृहत्त खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका छन् । राष्ट्र बैंकलगायत विभिन्न स्रोतका तथ्यांकहरूले अर्थतन्त्र बिस्तारै सुधारको क्रममा रहेको स्पष्ट पार्ने उनको दावी थियो ।

उनले कार्यक्रममा नयाँ बानेश्वर व्यापार व्यवसायी संघले स्थानीय व्यापारीहरूको हितका लागि सक्रिय भुमिका खेलिरहेको उल्लेख गर्दै मन्त्री सिंहले यस्ता अभियानले सामाजिक उत्तरदायित्व निर्वाह गर्न योगदान पु-याउने विश्वास व्यक्त गरे। स्वास्थ्य सेवाको पहुँच अभाव भइरहँदा निःशुल्क स्वास्थ्य शिविरको महत्व झनै बढेको मन्त्री सिंहको भनाइ छ ।

उनले भने, ‘नेपालको अर्थतन्त्रका सूचकहरु विस्तारै सकारात्मक हुँदै गएका छन् । समाचारका आधारमा मात्र नभई राष्ट्र बैंकदेखि सबैको तथ्यांक हेर्यौँ भने अर्थतन्त्र लय समाउने दिशातर्फ हिँडिरहेको छ । व्यापारीको हितको लागि काम गरिरहेको नयाँ बानेश्वर व्यापार व्यवसायी संघ लागेको छ । बिरामीको आकस्मिक उपचारको लागि काठमाडौं फ्रि हेल्थ क्याम्पले सहयोग गर्नेछ ।’

आम नागरिकले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न स्वास्थ्य शिविरहरुले महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्दै उनले यस्ता शिविरहरु देशभर आयोजना गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट