२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

गल्ती भएका कुरामा सुध्रिन तयार छौँः उपसभापति खड्का

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले परिवर्तित अवस्थामा कांग्रेसले शाहसिक निर्णय लिएकोले मुलुकले आर्थिक रुपमा फड्को मारेको बताएका छन् ।

नेपाली कांग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २०४६ सालपछिको मुलुकमा धेरै परिवर्तन भएको उल्लेख गरेका हुन् ।

उनले विदेशमा रहेका गैरआवासीय नेपालीले मुलुकमा भएका परिवर्तनका बारेमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । उनले संविधानले व्यवस्था गरेबमोजिमको नागरिकता ऐन ल्याइएको जानकारी दिँदै संसारभर रहेका नेपालीलाई साझा सोचका साथ अघि बढ्न आग्रह गरे ।

उपसभापति खड्काले जनसम्पर्क समितिका समस्या र विदेशमा रहेका हरेक नेपालीको समस्या सुन्न आपूmहरु तयार रहेको बताए । उनले संसारमा छरिएर रहेका नेपाली निराश नभएको भन्दै हरेक कदम सकारात्मकतातर्फ अघि बढाउनुपर्नेमा जोड दिए । उनले गल्ती भएका कुराहरुमा आफूहरु सुध्रिन तयार रहेकोसमेत दाबी गरे ।

उनले मुलुकका समस्या समाधान गर्न विदेशमा रहेका नेपाली र मुलुकभित्र रहेका नेता तथा युवा जमातले प्रतिवाद गर्दै एकभएर अघि बढ्ने समय आएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट