२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

लगानी सम्मेलन २०२५ : ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान

बिहिवार , बैशाख १८, २०८२

विराटनगर । कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ । आज र भोली चल्ने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

No description available.

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले लगानी सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै लगानी सम्मेलनले प्रदेशको समृद्धिमा सघाउ पुग्ने बताए । उनले कोशी प्रदेश कृषि, पर्यटन, पूर्वाधार लगायत सबै क्षेत्रमा अब्बल रहेको बताउँदै सबै क्षेत्रमा लगानी गर्न सकिने बताए । उनले विभिन्न देशबाट आएका लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह समेत गरे ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न सरकार तयार रहेको बताए । उनले लगानीका लागि भएका अप्ठ्यारालाई सहज र सरल बनाउनका लागि प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरु अध्यादेशमार्फत संसोधन गरेको जानकारी दिए ।

No description available.

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश लगानी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको बताए । कोशी प्रदेश लगानी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजना सोकेसमा राखिएको छ । एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल पछि परियोजनाहरु छनोट गरिएको उनले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले संघीय संरचनामा देश गएपनि कतिपय कानुनहरु पुरानो रहेको हुँदा समस्या भइरहेको बताउँदै संघीय संरचनालाई बलियो बनाउन कानुनी र संरचनामा देखिएको जटिलता फुकाउन आवश्यक रहेको बताए ।

कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन शत्रमा शुभकामना व्यक्त गर्दै देशको अबको यात्रा सम्वृद्ध नेपाल, सुखी नेपालीको बनाउने तर्फ रहेको बताए । संघीयताको मर्म अनुसार अघि बढ्न नसक्दा समस्या देखिएको उनको भनाई छ ।

‘७ दशक लामो समय अधिकार प्राप्तिको लडाँईमा वित्यो’, उनले भने, अहिले देश विकासको गतिमा अघि बढेको छ । मुलुकका सबै प्रदेश प्राकृतिक श्रोत र साधनले धनि छन् ।’

उनले कर्णालीको साधन श्रोतको उपयोग गर्न सके देशको सम्वृद्धिमा सहयोग पुग्ने बताउँदै कर्णाली, धार्मिक तथा प्राकृतिक पर्यटन र जडिबुटीको खानी रहेको भन्दै त्यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको बताए ।

No description available.

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले युवाहरुको पलायन रोक्न नेपालमा उद्योग र पर्यटन क्षेत्रको विकास गर्नु पर्ने आवश्यकता रहेको बताए । उनले उद्योग र पर्यटनमा लगानी गरेर युवाहरुलाई रोक्न नसके देश अझ पछि पर्दै जाने बताउँदैे छिमेकी मुलुक भारत र चीनबाट हिन्दु र बौद्धधर्मावलम्बीहरुलाई ल्याउन सके देशको मुहार फेरिने बताए ।

भारतीय पर्यटकलाई नेपालमा सहज वातावरण बनाउन आवश्यक रहेकोमा उनले जोड दिए । संघीय सरकारले नीति बनाउँदा पनि ध्यान दिन आवश्यक रहेको भन्दै भारतीय पर्यटकले नेपाल आउँदा ल्याउन पाउने रकमको सीमा बढाउनु पर्ने उनको भनाई छ ।

मुख्यमन्त्री सिंहले अहिले देशभरी नै लगानीको वातावरण बनिरहेको र स्कोप समेत रहेको भन्दै यसबाट राम्रो प्रतिफल प्राप्त हुने बताए । नेपालको प्राकृतिक सौन्दर्यताको र धार्मिक क्षेत्रको ब्राण्डिङ गर्न आवश्यक रहेको समेत उनले बताए ।

नेपालमा सस्तो श्रमिक भएको र उद्योगहरुका लागि समेत राम्रो वातावरण भएको कारण नेपालमा उद्योगहरु खुल्न सक्ने सम्भावना प्रचुर रहेको बताउँदै मुख्यमन्त्री सिंहले कतिपय अवस्थामा कानुनी अभावमा पनि उद्योगहरु खुल्न नसकिरहेको बताए ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, उद्ध्व थापा, राजेन्द्र राई, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले कोशी प्रदेश सम्भावना नै सम्भावना भएको प्रदेश भएका कारण ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुलाई आह्वान गरेका छन् । कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको लगानी सम्मेलनले प्रदेशको समृद्धिको ढोका खोल्ने विश्वास उनीहरुको छ ।

लगानी सम्मेलनको उद्घाटन शत्रमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनले निजी क्षेत्र उत्साहित रहेको बताए । लगानी सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दै ढकालले लगानी गर्न डराईरहेको नीजी क्षेत्रलाई कोशी प्रदेश लगानी सम्मेलनले उत्साहित बनाएको बताए ।

No description available.

कोशी प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गरेको र त्यसको लागि नीतिगत सुधार पनि गर्दै लगेकोमा उनले खुसी व्यक्त गरे । निजी क्षेत्रलाई लगानी गर्न तीन वटै सरकारले सहयोग गरेमा मात्र लगानीको सुरक्षित हुने र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण बन्ने उनको भनाई छ ।

७१ वटा परियोजनाको कुल १ खर्ब ७३ अर्ब ४९ करोड लगानी अनुमानसहित परियोजना सोकेससहित लगानी सम्मेलन सुरु भएको हो ।

४५ जना विदेशी लगानीकर्तासँग छलफल गरिएकोमा २० जना विदेशी लगानीकर्ता लगानी सम्मेलनमा सहभागी भएका छन् ।

लगानी सम्मेलनमा विभिन्न ८ क्षेत्रका परियोजनाहरू सोकेस गरिएको छ । पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, आईटी सेवालगायतका क्षेत्रमा महत्त्वपूर्ण परियोजनाहरू तयार पारिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट