२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

राजावादीहरूले समाज, संस्कृति र सभ्यतामाथि चुनौती दिन खोजेका छन्, हामी जवाफ दिन्छौँ : प्रधानमन्त्री ओली

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरूले समाज, संस्कृति र सभ्यतामाथि चुनौति दिन खोजेको बताएका छन् ।

१ सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट०ले बिहीवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राजावादीहरूले सामाजिक मूल्य र मान्यताहरूलाई ध्वस्त पार्न र समाजलाई विकृत बनाउन खोजेको भन्दै त्यस्तालाई जवाफ दिनुपर्ने बताए । उनले अराजक समूहहरूको चुनौतीलाई स्वीकार गरेर आफूहरूले जवाफ दिने समेत जिकिर गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उनीहरूले गरेको अपराधमाथि प्रश्न नउठाएको र छानबिन अझै नगरेको बताए ।

उनले राजावादीहरूमा असहिष्णुता धेरै रहेको बताउँदै शान्ति कायम गर्न उभिएको प्रहरीमाथि गाडी लिएर किच्न गएको भन्दै आक्रोश व्यक्त गरे । उनले केही नहुँदा यस्तो अराजक मच्चाउनेहरूले कदम कदाचित शासन चलाए के हुँदो हो ? भन्दै प्रश्न गरे ।

उनले भने, “यिनले गरेका अपराधहरूमा हामीले अझै छानबिन गरेका छैनौँ, अझै प्रश्न उठाएका छैनौँ । यिनीहरूमा यति असहिष्णुता छ, शान्ति कायम गर्न उभिएको प्रहरी त्यसमाथि गाडी लिएर किच्न जान्छन् । केही नहुँदा त त्यस्तो छ, यस्ता मान्छेहरू कदम कदाचित यिनको शासन हुने हो भने के हुँदो हो ? विचार गर्नुस् त । यस्ता कुरामा हामी शतर्क हुनुपर्छ । हाम्रो संस्कृति बिगार्न खोजका छन् । सामाजिक मूल्य र मान्यताहरूलाई ध्वस्त पार्न खोजेका छन् ।’

उनले थप भने, ‘समाज भत्काउन, बिगार्न र समाजलाई विकृत बनाउन खोजेका छन् । हाम्रो सभ्यता माथि चुनौती दिन खोजेका छन् । हामीले यी चुनौतीलाई स्वीकार गरेर त्यस्तालाई जवाफ दिन सक्नुपर्छ । हामी जवाफ दिन्छौँ ।’

उनले राजावादीहरूले राम्रो सहन नसक्ने र विरोध गरिहाल्ने बताउँदै यस्ता विषयमा सचेत हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट