२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न, तयारी पूरा

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को लागि सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारी पूरा भएको छ ।

शुक्रवार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ । संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमका लागि आज बिहान संसद भवन नयाँ बानेश्वरमा पूर्वाभ्यास गरिएको हो ।

तयारी कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत संसद सचिवालयका कर्मचारीको उपस्थिति रहेका थिए। नीति तथा कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट