काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।
बिहीबार प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको छापावाल सुन शुक्रबार स्थिर रहेको नेपाल सुनचाँखी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, आज चाँदीको भाउ भने उकालो लागेको छ । आज चाँदीको मूल्यमा १५ रुपैयाँको वृद्धिसँगै प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस