२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

अब हामी हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउन सक्छौँ : प्रधानमन्त्री ओली

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउनसक्ने बताएका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालसँग अब प्रशस्त विद्युत उत्पादन क्षमता रहेको बताउँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई आवश्यक पर्ने विद्युत उपलब्ध गराउनसक्ने बताए ।

उनले नेपालसँग हाइड्रोपावरमात्रै नभएर ग्रिन हाइड्रोजन इनर्जी उपलब्ध गराउन सक्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले केही दिन अघि आफू हाइड्रोजन ब्याट्रीबाट चलाइएको गाडीमा चढेर एक कार्यक्रममा गएको स्मरण गर्दै हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउन सक्ने ठाउँमा पुगिसकेको र यसलाई बिस्तार गर्दै लैजान सकिने विश्वास गरे ।

उनले नेपाललाई विकासका सम्भावना प्रकृतिले नै उपलब्ध गराएको भन्दै त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीसँग अब इलेक्ट्रिसिटी छ । अब तपाईंहरूले स्थापना गर्दा, केही सुरसार गर्दा थप इलेक्ट्रिसिटी उत्पादन गर्छौ । हामी एआईलाई चाहिने इलेक्ट्रिसिटी उपलब्ध गराउन सक्छौँ । अहिलेको हाइड्रोपावर मात्रै होइन, हाइड्रो इनर्जी मात्रै होइन । ग्रिन हाइड्रोजन इनर्जी हामी उपलब्ध गराउन सक्छौँ । किनभने हामी, अस्ति हाइड्रोजन ब्याट्रीबाट चलाएको गाडीमा म आफै चढेर एउटा गए । त्यो एउटा प्रयोगात्मक हो ।

अब हामी हाइड्रोजन इलेक्ट्रिसिटी ऊर्जाबाट केही ठाउँहरूमा बसहरू चलाउन सक्छौँ, गाडीहरू चलाउन सक्छौँ । त्यो ठाउँमा हामी पुगिसकेका छौँ । यसको विस्तार गर्दै लान सकिन्छ । विकासका सम्भावना हामीलाई प्रकृतिले दिएको छ । हामीसँग खनिजहरू छन् । त्यसमध्ये ठुलो कुरा त हामीसँग जमिन छ ।’

प्रधानमन्त्री ओलीले आइटी सेक्टरमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा पूर्वाधार, सडक पहुँच लगायतको राम्रो प्रवन्ध रहेको बताउँदै लगानीको लागि अनुकुल वातावरण बनेको समेत जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट