२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

संसद्को संयुक्त सदनको बैठक सुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौँ । सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न संघीय संसद्को संयुक्त सदनको बैठक सुरु भएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन नयाँ वानेश्वरमा पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री र सांसदहरू संसद् भवन पुगिसकेका छन् । साथै, संयुक्त सदनमा उपराष्ट्रपति, प्रमुख प्रतिपक्षी दलका नेता लगायत दुवै सदनका सांसदहरू उपस्थित छन् ।

सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमकै आधारमा बजेट प्रस्तुत हुनेछ ।

 नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।

यही वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट