काठमाडौँ । सरकारले सबै दलहरूको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दै भने, ‘सबै दलहरूको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने ।’
त्यस्तै, पौडेलले संविधान जारी भएको १० वर्ष पुगेकाले समीक्षा गर्ने विषयमा छलफल चलाउने पनि बताए ।
अहिले संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले बाचन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस