२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सरकारको लक्ष्य : श्रम गर्ने संस्कृतिको विकास, आगामी दशकलाई आन्तरिक रोजगारी दशक

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । सरकारले श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बनाउने घोषणा गरेको छ ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम सार्वजनिक राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।

उनले इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणालीको लागू गरिने बताए । उनले श्रम अडिटको माध्यमबाट आधारभुत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिने जानकारी गराए । उनले दक्ष जनशक्ति पलायन रोक्न विगतमा भई गरेका र हाल रोकिएका श्रम प्रोत्साहनको अभ्यासलाई निरन्तरता दिइने घोषणा गरे ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पौडेलले देशभित्रै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गरिने बताउँदै आगामी दशकलाई आन्तरिक रोजगारी दशकको रूपमा मनाइने घोषणा गरे ।

उनले भने, “श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसालिनेछ । इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणालीको लागू गरिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ । श्रम अडिटको माध्यमबाट आधारभुत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिनेछ । दक्ष जनशक्ति पलायन रोक्न विगतमा भई गरेका र हाल रोकिएका श्रम प्रोत्साहनको अभ्यासलाई निरन्तरता दिइनेछ । देशभित्रै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गरिनेछ । आगामी दशलाई आन्तरिक रोजगारी दशकको रूपमा मनाइनेछ ।”

उनले रोजगारी तथा ज्याला रोजगारी दुवैको माध्यमबाट आन्तरिक रोजगारीको सिर्जना गरिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट