logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • शुक्रबार प्रधानमन्त्री अ‍ोली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

    शुक्रबार प्रधानमन्त्री अ‍ोली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

    2.4K
    Shares

    काठमाडौं । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव एउटै देखिने भएका छन् । प्रधानमन्त्री ओली र विप्लवले शुक्रबार दिउँसो २ बजे एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका हुन् । 

    फागुन २१ गते तीन बुँदे सहमति सार्वजनिक गर्न आयोजित समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्नेछन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । सरकार र विप्लव समूहबीच मंगलबार दुई चरणमा वार्ता भएको थियो ।

    वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा संयोजक र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सहभागी थिए भने चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने रहेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend