२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

मुलुकको आर्थिक विकासमा गैरआवासीय नेपाली नागरिकले पुर्याएको योगदान महत्वपूर्ण छ : अध्यक्ष दाहाल

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरआवासीय नेपाली नागरिकले मुलुकको अर्थतन्त्रको विकासमा ठूलो योगदान पुर्याएको बताएका छन् ।

आईतबार गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले गैरआवासीय नेपाली नागरिकहरु (एनआएन)लाई दिएको प्रमाणपत्र कामकाजीको नभई कागज मात्र भएको उल्लेख गर्दै त्यसलाई कामकाजीको बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आफू प्रधानमन्त्री भएकै बेला गैरआवासीय नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले उक्त कोषमा हालसम्म १ सय २० अर्ब रुपैयाँ जम्मा भइसकेको बताए । उनले गैरआवासीय नेपाली नागरिकको सामाजिक कोषमा जम्मा भएको रकमको सदुपयोग गर्ने जिम्मेवारी सरकार र राजनीतिक नेतृत्वको भएको बताए ।

उनले भने, ‘म प्रधानमन्त्री भएको बेला गैरआवासीय नेपालीहरुलाई संविधानको भावनाअनुसार प्रमाणपत्र दिएका थियौं । तर यो कागज मात्रै भएको छ कामकाजी भएको छैन । त्यसलाई कामकाजी बनाउन सम्पूर्ण प्रयास गरिनेछ । यो विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु । त्यसैगरी विश्वभरी छरिएर रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नको लागि मैल प्रधानमन्त्रीको रुपमा एकचोटि एनआएनहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुने घोषणा गरे भने अर्कोचोटि देशभित्रको औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको लागि सामाजिक सुरक्षा कोषमा आवद्ध हुने घोषणा गरेको थिए । आज मलाई खुशी र गर्वको महशुस भएको छ कि अहिले उक्त कोषमा १२० अर्ब रुपैयाँ जम्मा भइसकेको छ । अब यसको सदुपयोग गर्ने जिम्मेवारी नेपाल सरकारको छ, नेपालका राजनीतिक नेतृत्वको छ । यसलाई पनि हामी गम्भिर रुपले लिने नै छौं ।’

सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा काम गर्नुपर्ने ऐतिहासिक आवश्यकता महसुश रहेको अध्यक्ष दाहालको भनाइ छ । उनले आर्थिक समृद्धि हासिल गर्न एनआएनसँग भएको स्रोतको सदुपयोग गर्दै ऐतिहासिक सहकार्य आवश्यक रहेको बताए ।

एनआएरएनएको नव निर्वाचित कार्यसमितिको अध्यक्षमा महेशकुमार श्रेष्ठ, उपाध्यक्ष ६ जनामा सुनिलकुमार साह, बुद्धि सागर सुवेदी, खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ (गोर्खाली) विश्वास दीप लिम्बू (तिगेला) चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट