logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले भने : मलाई मधेश पस्न राेकेपनि पानीचाहीँ नराेक्नू 

    प्रधानमन्त्री ओलीले भने : मलाई मधेश पस्न राेकेपनि पानीचाहीँ नराेक्नू 

    3.2K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधी भनेर रोकेपनि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पानी नरोक्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको सुख्खाभूमिलाई हराभरा र उर्बर बनाएर छाड्ने प्रतिवद्धता पनि गरेका छन् ।

    बिहीबार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई मधेस विरोधी भनेर मधेस पस्न रोक लगाए पनि पानी पस्न चाहिँ नरोक्न आग्रह गरेका हुन् ।

    उनले भने ‘यो आयोजनाले तराई र पहाडलाई जोड्नुका साथै एउटा ठूलो कुराको जवाफ दिन्छ । केपी ओलीलाई मधेसविरोधी भनेर तराईमा पस्त नदिने भन्थे । तर, केपी ओलीलाई मधेसमा पस्न नदिए पनि तराई मधेसमा पानी पठाइन्छ । मुख्य मन्त्रीज्यूलाई म भन्न चाहान्छु मलाई तराई मधेसमा पस्न नदिएर केही भएन पानी चाँही पस्न दिनु होला । तराईमा त्यस्ता जनताहरू छैनन्, मलाई केही छैन अर्को कमला सुनकोशी डाइभर्सनबाट थप १ लाख ७० हजार हेक्टरमा क्षेत्रफल सिँचाई पुगेपछि तराईबासीहरूले आफैँ गेट बनाउँनेछन् ।

    ओलीले सुनकोशी-मरिन डाइभर्सन आयोजनाबाट १ लाख ८५ हजार बिघा सिँचाई गर्न सकिने र ३१ मेगावट विद्युत् उत्पादन गर्न मिल्ने दुई मुख्य फाइदा पनि देखाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend