काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ बढेको महासंघले जनाएको छ ।
सोही अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
प्रतिक्रिया दिनुहोस