२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

नेपाललाई स्टारलिंकसँग जोड्न सांसद बजगाईंको माग

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाललाई स्टारलिंकसँग जोड्न माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा डिजिटलमा फड्को मारेको स्टारलिंक, स्पेस एक्सका प्रतिनिधिसँग आफूले प्रधानमन्त्रीसँग कुराकानी गर्ने वातावरण बनाइसकेको बताउँदै उनीहरु नेपाल आउन चाहिरहेको र स्टारलिंकलाई नेपाल भित्राउन जरुरी रहेको बताएका हुन् ।

सांसद बजगाईंले भने–‘डिजिटलमा फड्को मारेको स्टारलिंकका लागि मैले धेरै ओकालत गरे । स्टारलिंकका प्रतिनिधि, अध्यक्षसँग कुराकानी गरेर २०२४ अक्टोबर १८ मा इलन मस्क र प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादको वातावरण बनाएँ । स्टारलिंकका बारेमा इलन मस्कसँग कुराकानी गरिसकेपछि हामीले उनीहरुको इच्छालाई अगिंकार गर्न सकेनौं ।’

बजगाईंले इलन मस्कसँग भएको संवाललाई किनारामा पठाउन नहुने बताए । उनीहरुको इच्छा नेपालमा आउने भएकाले त्यसलाई सम्बोधन गर्न जरुरी रहेको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट