ढाका बंगलादेश । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले सञ्चार माध्यममा महिलाको अर्थपुर्ण सहभागितामा अझै पनि संरचनागत र सामाजिक अवरोधहरु विद्यमान रहेको बताएकी छन् ।
इनिसियटिभ्स अफ मिडिया वुमन (आइएमडब्ल्यु) ले आईतबार साँझ बंगलादेशस्थित नेपाली राजदुतावाससंगको सहकार्यमा ढाकास्थित दुतावासकै सभाहलमा आयोजना गरेको पत्रकारविच अन्तरक्रियतात्मक कार्यक्रमको औपचारिक सत्रमा उपसभामुख रानाले आफु एक सामाजिक कार्यकर्ताका रुपमा आफना अनुभव साझा गदै महिला पत्रकारले अझै पनि भोग्न परेका चुनौतिहरु हटाउन संयुक्त प्रयास आवश्य भएको समेत बताइन् । उनले विगतको तुलनामा मिडिया क्षेत्र प्रगतिशिल हुंदै गइरहेको र अझै थप विकासमा पहल गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदुत घनश्याम भण्डारीले महिला पत्रकारले बञ्चित तथा आवाजविहिन समुदायका विशेष कथाहरु उजागर गर्न खेलेको महत्वपुर्ण भुमिकाको प्रसंंशा गरे । उनले नेपाल र बंगलादेशका महिला पत्रकारलाई एकसाथ ल्याएकोमा आइएमडब्ल्युलाई विशेष धन्यवाद व्यक्त गदै यस्ता कार्यक्रमले जनस्तरमा सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्ल्यु) का अध्यक्ष लक्ष्मी भण्डारीले सञ्चार क्षेत्रमा कार्यरत महिला पत्रकारले गदै आएका प्र्यासका बारेमा जानकारी गराइन् । कार्यक्रममा उनले दुई देशका महिला पत्रकारले दिर्घकालिन मित्रता प्रर्वद्र्धन गर्न यस्ता कार्यक्रमले थप टेवा पुर्याउने आशा व्यक्त गरिन् । बंगलादेश र नेपालका महिला पत्रकारले भोग्दै आइरहेका समस्या र चुनौती समान भएको भन्दै उनले छलफलमा विभिन्न बिषय उठान गरेकी थिइन् ।
कार्यक्रममा दक्षिण एशियाकै सबैभन्दा ठुलो महिला सामाजिक संस्था ”ठेंगमरा महिला सबुज्ज संघ (टिएमएसएस)” की संस्थापक तथा कार्यकारी निर्देशक प्राडा हुस्ने आरा बेगमले नेपाल र बंगलादेशका महिला पत्रकारबीच यस किसिमको अन्तरक्रियात्मक छलफल कार्यक्रम पहिलो पटक भएको बताउदै खुसी ब्यक्त गरिन् । दुई देशबीचको सम्बन्ध विस्तारमा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा द डेलि कन्टि टुडेकी अफिफा जाहन, बिज्नेस स्टयाण्डर्ड रुकिया इस्लाम, ताउसिय ताजबिन, जेसविन मोलि बिडि न्युज, कार्यक्रममा द डेलि कन्टि टुडेकी अफिफा जाहन, बिज्नेस स्टयाण्डर्ड रुकिया इस्लाम, ताउसिय ताजबिन, जेसविन मोलि बिडि न्युज ट्वान्टी फोर डटकम, मौसमी इस्लाम द डेलिसन, अंगुर नहर मोन्टि, मुनिमा सुल्ताना फायनान्स एक्सप्रेस, फिमिता आख्तर चेन एल आई, मुनिरा मुन्नि फाइनान्स एकसप्रेस, कास्फिया आलोम झिलिक आज के पत्रिका, सुरैया नाजदिन जिना जुवाड द रिपा, डेलि कालेर कन्ठ, जेबुन्न सालो बिज्नेस स्टयाण्डर्डलगायत दुइ देशका ५० भन्दा बढि महिला पत्रकारले कार्यक्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका बिषयमा आबाज उठाएका थिए ।
सहभागिले नेपाल र बंगलादेशका पत्रकार महिलाको साझा मुद्धामा केन्द्रित हुन आवश्यक सञ्जाल बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस