२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

तिलौराकोटलाई अन्तर्राष्ट्रिय बौद्ध मार्गीहरुको केन्द्रको रुपमा विकास गर्ने उपाध्यक्ष लामाको प्रतिबद्धता

मंगलवार , बैशाख ३०, २०८२

कपिलवस्तु । लुम्बिनी विकास कोषले कपिलवस्तु तिलौराकोटलाई अन्तर्राष्ट्रिय बौद्ध मार्गीहरुको केन्द्रको रुपमा विकास गर्ने गुरुयोजना अगाडि बढाएको छ ।

प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटको संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन गर्न र पर्यटनलाई सुविधा सम्पन्न क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर अगाडि बढाइएको कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए ।

कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारको तर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेस भइसकेको पनि उनले जनकारी दिए । उनले तिलौराकोट छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत हुने विश्वास समेत व्यक्त गरे ।

२५६९औं बुद्ध जयन्ती मूल समारोह समितिद्वारा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष लामाले तिलौराकोटको विकासका निम्ति स्थानीय जनसमुदाय, सरोकारवाला र प्रदेश सरकारलाई सहयोगका लागि आग्रह गरे ।

कार्यक्रमको अवसरमा मंगलबार बिहान 'बेबी बुद्ध'को प्रतिमालाई शोभायात्रासहित नगर परिक्रमा गराउँदै तिलौराकोट लगेर 'प्रसूति उत्सव' गरिएको थियो  । 'बेबी बुद्ध' को प्रतिमा लिन कपिलवस्तुका जिल्ला प्रमुख दिल कुमार तामाङसहितको टोली बुद्ध जन्मस्थल लुम्बिनी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट