२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

विपद् जोखिम न्यूनीकरण गर्न सुरक्षा निकाय चनाखो हुनुपर्छ : गृहमन्त्री

मंगलवार , बैशाख ३०, २०८२

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।

एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरमा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले विपद्को जोखिम भूगोलमा निर्भर रहने भएकाले यसबाट हुने हानि-नोक्सानीलाई न्यूनीकरण गर्न सुरक्षा निकाय चनाखो रहनुपर्नेमा जोड दिए ।

गृहमन्त्री लेखकले आपत्कालीन गोदामघर सातवटै प्रदेशमा रहेको जानकारी दिँदै यस्तो कामले सङ्घीयताको अभ्यासमा मद्दत पुगेको बताए। उनले यस्तो गोदामघर पालिका तहमा पनि राख्नुपर्ने भन्दै आपत्को समयमा यसमा भण्डारणका रुपमा रहेको सामग्रीले जनतालाई राहत पुग्ने विश्वास व्यक्त गरे ।

सरकारले १० महिनाको अवधिमा धेरै सुधारका काम गरेको उल्लेख गर्दै उनले सरकारले छिट्टै नै शिक्षक सेवा ऐन, निजामती सेवा ऐन पारित गर्ने जानकारी दिए । गृहमन्त्री लेखकले सरकारले सुशासन मार्फत जनतामा आशा जगाएको जिकिर गर्दै सरकार स्थायित्वको सन्देश पनि जनतामा दिएको बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले सरकारबाट प्रदेश सरकारले क्रमशः अधिकार प्राप्त गरिरहेको तथा प्रदेश सरकारले यातायातका क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको जानकारी दिए । उनले प्रदेश सरकारलाई सङ्घीय मातहतमा रहेका सुरक्षाकर्मीबाट सहयोग प्राप्त भइरहेको बताए । कोशी प्रदेश सरकारले संविधान र कानुनबाहिर गएर कुनै पनि काम नगर्ने बताए। विपद्का क्षेत्रमा प्रदेश सरकारले उल्लेख्य काम गरेको स्मरण गराउँदै उनले जनतालाई सुरक्षित बनाउने अनुभूतिका साथ काम गरिरहेको स्पष्ट पारे ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले तत्काल विपद्लाई सामना गर्न गृहमन्त्रालयबाट प्राप्त भएको सामग्रीबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख दिनेश भट्टले आफ्नो धारणा राखेका थिए ।

कोशीका मुख्यमन्त्री कार्की र गृहमन्त्री लेखकले हस्तान्तरण कागजातमा हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट