२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

आज दिनभरको मौसम कस्तो रहला ? यी प्रदेशमा हुनेछ वर्षा

बुधवार , जेठ १, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधवार देशभर आंशिक देखि साधारण बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ ।

विभागका अनुसार कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारण बदलीसहित एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्छ। तराईमा आंशिक देखि साधारण बदली रहनेछ। राति हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ।

त्यस्तै, मधेश प्रदेशमा दिउँसो र राति तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा मौसम रहने छ। वर्षा को सम्भावना न्यून छ भने आज बागमती प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ। राति हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी तथा तराईमा आंशिक बदली रहनेछ।

त्यसैगरी, गण्डकी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। तराईमा आंशिक बदली देखि सफा रहनेछ। लुम्बिनी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा हल्का हिमपात, पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा, र तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ। तराईमा हावाहुरीको सम्भावना छ।

आज कर्णाली प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली देखि सफा मौसम रहनेछ भने सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा हल्का हिमपात, पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा, र तराईमा आंशिक बदली देखि सफा मौसम रहनेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट