२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

फेसबुक, युट्युब चलाउँदैमा र क्यामेरा बोकेर हिँड्दैमा पत्रकार भइँदैन : अध्यक्ष बस्नेत

बुधवार , जेठ १, २०८२

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत समाजमा अहिले पत्रकार को हो ? भन्ने प्रश्न उठेको बताएका छन् ।

बुधबार प्रेस काउन्सिल नेपालले आयोजना गरेको आमसञ्चार माध्यममा दलितका सरोकार विषय कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय पत्रकार को हो ? भन्नेमै प्रश्न उठिरहेको जिकिर गर्दै फेसबुक, व्यक्तिगत युट्युब च्यानल चलाउनेहरूले पनि आफूलाई पत्रकार भन्ने गरेको बताए । उनले क्यामेरा बोकेर हिँड्दैमा पत्रकार नभइने बताए ।

उनले पत्रकारले आफ्नो भूमिकाबाट पत्रकारको परिचय दिनुपर्ने बताए । उनले पत्रकारले नमुनाको पत्रकारिता गरेको खण्डमा अरूले पनि त्यो सिक्ने जिकिर गरे । उनले पत्रकारिता पेसा आफैमा दुःखदायी रहेको बताउँदै दुःख भित्र सुख खोज्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने, “हामीले अझ नमूना बनेर नमुनाको पत्रकारिता गर्यौ भने अरूले सिकुन् न, अरूले पनि सिक्नुपर्छ नि । अहिले को पत्रकार भन्ने एउटा समस्या छ, समाजमा प्रश्न उठेको छ । त्यसको हल गर्नको लागि कम्तीमा हामीले पत्रकार चाहीँ यस्तो हुन्छ है भनेर पत्रकारले आफ्नो भूमिकाबाट, यहाँ फेसबुक चलाउने पनि पत्रकार, व्यक्तिगत युट्युब चलाउने पनि पत्रकार, एउटा क्यामेरा बोक्दैमा पत्रकार हुने कि, मैले वर्षौँदेखिका अनुहार देखिरहेको छु । जसलाई पत्रकारिताको विषयमा अनुभव छ, अध्ययन तथा अनुसन्धान गर्नुभएको छ । धेरै दुःख छ यो पेसामा, दुख भित्र सुख खोज्नुपर्ने अवस्था छ ।”

उनले पत्रकारिताको अवस्था चिन्ताजनक रहेको बताउँदै सोचे जस्तो पत्रकारिता हुन नसकेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट