काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनवाइ हुँदैछ ।
मुद्दा इजलास नम्बर ५ मा परेको छ । न्यायाधीसद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठले मुद्दाको सुनवाइ गर्ने भएका छन् ।
मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले रिट दायर गरेकी हुन् ।
मिश्रलाई गैर कानूनी रूपमा प्रहरीले थुनामा राखिरहेको भन्दै रिट दायर गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस