काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अब सुदूरको खतरा नरहेको स्पष्ट पारेका छन् ।
शुक्रबारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन अब सुदूरको खतरा नरहेको भन्दै यो अब अहिलेको समयको सबैभन्दा ठूलो चुनौति बनेको उल्लेख गरे ।
पृथ्वी, जनता, समृद्धिमा यसले ठूलो प्रभाव पार्ने बताए । जलवायु परिवर्तनबाट कुनैपनि समाज पूर्ण रुपमा असुरक्षित नरहेको बताए । जलवायु परिवर्तनको असरमा नेपालको भुमिका नरहे पनि नेपाललै सबैभन्दा बढी क्षति व्यहोरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले वातावरण संरक्षणमा नेपालको भुमिका उल्लेख्य रहेको भएपनि नेपालले नै बढी जलवायु परिवर्तनका जोखिम भोगिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस