२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

रवि र छविका रिटमाथि आज जाहेरवालाको तर्फबाट बहस हुने

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज शुक्रबार पनि सुनुवाइ जारी रहने छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि जारी सुनुवाइ बिहीबार पनि समय अभावले हेर्दा हेर्दैमा परेको थियो।

पूर्वगृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको रिटमा पनि सुवेदी र ढकालको इजलासमा सुनुवाइ चलिरहेको छ ।

रविका तर्फबाट पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरण तथा रवि र छविले उच्च अदालतको थुनछेक आदेशविरुद्ध गरेको पुनरावेदनलाई एकै ठाउँ राखेर बहस भइरहेको हो । रविका वकिल, छविका वकिल र सरकारी वकिल सबैले बहस सिध्याइसकेका छन् ।

शुक्रबार जाहेरवालाको तर्फबाट बहस हुनेछ । त्यसपछि जवाफी बहस हुनेछ । जाहेरवालाको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले हिजो नाम टिपाएका छन् ।

लामिछाने र जोशी सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट