२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

पहिरोले अवरुद्ध भएका तीन मुख्य राजमार्ग सञ्चालन

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौँ । केही दिनयता परेको वर्षाका कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका प्रमुख राजमार्गमध्ये तीन सडक सञ्चालनमा आएका छन् भने जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर अझै अवरुद्ध छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार असार १५ गते आएको पहिरोका कारण अवरुद्ध भएको अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थित सालझण्डी–ढोरपाटन सडक, असार १७ गते पहिरो खसेपछि बन्द भएको पाल्पाको तानसेन नगरपालिका–८ डुम्रे क्षेत्रको सिद्धार्थ राजमार्ग तथा असार १८ गते पहिरोले अवरुद्ध बनाएको चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएका छन् ।

यसैगरी असार १७ गतेको अविरल वर्षासँगै अवरुद्ध भएको रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगाढ खोलास्थित जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर हालसम्म सञ्चालन हुन नसकेको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए ।

सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । वर्षायाम सक्रिय भएसँगै देशका विभिन्न राजमार्गमा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्ने क्रम बढेकाले पहिरो प्रभावित तथा सञ्चालनमा आएका सडकखण्डमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन, मौसमको जानकारी नियमित रूपमा लिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट