२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

७ विश्वविद्यालयले पाए नयाँ उपकुलपति, त्रिविको नेतृत्वमा भोला थापा,अरुमा को- को

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौँ/ प्रधानमन्त्री तथा विभिन्न विश्वविद्यालयका कुलपति बालेन शाहले देशका ७ वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेका छन्। लामो समयदेखि रिक्त रहेका तथा कार्यकाल सकिएका विश्वविद्यालयहरूको नेतृत्व टुंग्याउँदै सरकारले शुक्रबार नयाँ उपकुलपतिहरू नियुक्त गरेको हो।

प्रधानमन्त्री शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा नियुक्ति गरेका हुन्। शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित समितिले विभिन्न चरणमा आवेदन, प्रस्तुतीकरण र अन्तर्वार्तापछि नाम सिफारिस गरेको थियो।

नियुक्ति अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन्। थापा यसअघि पनि उच्च शिक्षाको नीति, इन्जिनियरिङ शिक्षा र विश्वविद्यालय प्रशासनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा किसानदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपतिमा नियुक्त भएका छन्।

यसअघि यी विश्वविद्यालयमध्ये अधिकांशमा उपकुलपति पद रिक्त रहँदा शैक्षिक, प्रशासनिक र नीतिगत निर्णय प्रभावित हुँदै आएका थिए। बजेट कार्यान्वयन, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन, परीक्षा व्यवस्थापन तथा दीर्घकालीन योजना अघि बढाउन समेत नेतृत्व अभाव चुनौतीका रूपमा देखिएको थियो।

नयाँ उपकुलपतिहरूले पदभारसँगै विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, अनुसन्धान प्रवद्र्धन, प्रशासनिक सुशासन र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ। सरकारले पनि उच्च शिक्षामा देखिएका समस्या समाधान, विश्वविद्यालयको स्वायत्तता सुदृढीकरण र सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित नेतृत्व चयन गरिएको जनाएको छ। नवनियुक्त उपकुलपतिहरूको कार्यकालचार वर्षको हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट