२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

जेठ १३ गते अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ हुँदै

शुक्रवार , जेठ १०, २०८२

काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना हुने भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजक एभरेस्ट एलायन्स नेपालले पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट २०२५ आयोजना हुने जानकारी दिएको हो । समिट जेठ १३ गते देखि काठमाडौंको सोल्टीमा हुनेछ ।

सम्मेलनमा नेपालका साथै विश्वका विभिन्न देशहरूबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सगरमाथा आरोहीहरुको विशेष जमघट रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनका क्रममा बोल्दै एभरेस्ट एलायन्स नेपालकी निर्देशक अजु सिटौलाले सम्मेलनले पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद्, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीय लगायत पर्यटन व्यवसायी, शेर्पा, ट्रेकरहरू, तथा पर्वतीय संस्कृक्तिलाई प्रतिनिधित्व गर्ने समुदायहरूलाई एउटै मञ्चमा ल्याइ दिगो पर्यटन प्रवद्र्धन, हिमाली वातावरणीय सरक्षण र स्थानीय समुदायको उत्थानवारे अन्तर्राष्ट्रिय सहकार्यका छलफल गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । हालसम्म १६ देशका १ सय ७७ भन्दा बढी अनुभवी पर्वतारोहीहरूको सहभागिता सुनिश्चित भइसकेको बताए ।

जसले आ–आफ्ना अनुभव साझा गर्दै शाहसिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास गरिएको गरिएको छ । सहभागी देशहरूमा भारत, चीन, अमेरिका, पाकिस्तान, अष्ट्रिया, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएई लगायतका मुलुकहरू रहेको जानकारी दिए ।

सन् १९५३ मा एडमण्ड हिलारीसँगै पहिलो पटक सगरमाथा आरोहण गरेका सदस्य कान्छा शेर्पालाई लाइफटाइम एचिभमेण्ट अवार्ड प्रदान गरी सम्मानित गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट