२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

मेयर महर्जनको गुनासो : नेपालमा काम गर्नका लागि धेरै अफ्ठ्यारा छन्

आइतवार , जेठ १२, २०८२

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काम गर्नका लागि नेपालमा धेरै अफ्ठ्यारो रहेको बताएका छन् ।

आइतबार महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभुत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनैपनि काम गर्दा ऐन, कानूनमा ह्रस्व, दीर्घ मिलेन भने रातो घरमा उभिनुपर्ने अवस्था रहेको बताए ।

उनले २०७८ सालको असारको पहिलो हप्तामा धापाखेलमा धेरै क्षति हुनेगरी बाढी गएको र त्यहाँको अवस्थालाई हेरेर तत्कालै २२-२३ लाख रुपैयाँ सहयोग गरेकाले अहिले पनि आफू अख्तियारमा बयानका लागि धाइरहेको बताए ।

राष्ट्रिय विपद् आइपर्दा पनि छिटो भन्दा छिटो सहयोग गर्न पनि हिच्किचाउनुपर्ने विडम्वनापूर्ण अवस्था रहेको बताए । उनले नियत सफा भएको खण्डमा कसैले केही पनि गर्न नसक्ने बताए । राम्रा काम गर्नेहरुमाथि नियमनकारी निकायले छड्के नजरले हेर्न नहुने बताए ।

प्रमुख महर्जनले आफूले बोलेकामध्ये ढुङ्गेधारामा पानी ल्याउन नसक्नु बाहेक अरु काम पुरा गरेको जिकिर गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट