२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

म अपराधकर्मलाई तिरस्कार गर्ने मान्छे हुँ : गृहमन्त्री लेखक

बुधवार , जेठ १५, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफू अपराधकर्मलाई तिरस्कार गर्ने मान्छे भएको बताएका छन् ।

उनले भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै विपक्षीले सदनमा बोल्न नदिएपछि संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्दै आफू अपराधकर्मलाई जिन्दगीभर तिरस्कार गर्ने मान्छे भएको बताएका हुन् ।

लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई निरुत्साहित गर्ने काम भएको बताए । उनले भने, ‘म जस्तो राजनीतिकर्मीलाई भ्रामक सामग्री प्रसारण गरेर निरुत्साहित गर्ने काम राजनीतिक पूर्वाग्रहबाहेक केही होइन ।’

यो पनि :

भिजिट भिसा प्रकरण : गृहमन्त्री भन्छन् – मेरो कुनै संलग्नता छैन, यो राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र हो

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट