२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

मुलुकमा बलिया राजनीतिक दलहरूको आवश्यकता छ : महासचिव पोखरेल

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा धेरै राजनीतिक दलहरूको आवश्यक नरहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा एमालेले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘गणतन्त्र उत्सव’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा धेरै राजनीतिक दलहरू नभई बलिया राजनीतिक दलहरूको आवश्यकता रहेको बताए । उनले राजनीतिक अस्थिरताका कारणले नै आफूहरूले चाहेको विकास र समृद्धिको यात्रा अगाडी बढ्न नसकेको धारणा राखे ।

उनले एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने सङ्कल्प तथा अठोट लिएको जिकिर गरे । महासचिव पोखरेलले लोकतन्त्र र गणतन्त्रले नै एमालेलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको निर्माण गर्ने उल्लेख गरे ।

उनले भने, “राजनीतिक अस्थिरताका कारणले नै हामीले चाहेको विकास र समृद्धिको यात्रा अगाडी बढ्न सकेको छैन भन्ने मान्यताका आधारमा हाम्रो पार्टीले सङ्कल्प तथा अठोट गरेको छ, अब यो मुलुकमा धेरै राजनीतिक दलहरू होइन, बलिया राजनीतिक दलहरूको आवश्यक छ । हाम्रो पार्टी नेकपा (एमाले)लाई हामी बलियो राष्ट्रिय शक्तिको रूपमा, निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न चाहन्छौँ । मलाई लाग्छ, लोकतन्त्र र गणतन्त्रले नै त्यो बलियो र निर्णायक राष्ट्रिय शक्तिको निर्माण गर्न सक्दछ ।”

उनले ‘गणतन्त्र उत्सव’लाई आगामी वर्ष अझ शानदार र भव्यताका साथ देशव्यापी मनाउने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार