२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौन : पूर्वअर्थमन्त्री महत

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवाप्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौन रहेको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेश गरेको आर्थिक वर्ष २०८२–८३ को बजेटबारे प्रतिक्रिया दिँदै सांसद महतले यस्तो टिप्पणी गरेका हुन् । उनले बजेट सरकारी संरचनाहरुलाई छिटो छरितो बनाउने कुरालाई सम्बोधन गर्न नसकेको बताए । उनले स्थानीय मदिराको ब्राण्डिङ तथा व्यावसायीकरणको विषय समेत बजेटले सम्बोधन गर्न नसकेको बताए ।

आफू अर्थमन्त्री भएको समयमा कार्यविधि समेत अगाडि बढिसकेको भएपनि अगामी आर्थिक वर्षको बजेटमा स्थानीय मदिरा ब्राण्डिङको विषयमा मौन रहेको उनको टिप्पणी छ ।

उनले भने, ‘बजेट सरकारी संरचनाहरुलाई छिटो छरितो बनाउने र अनावश्यक संरचनाहरु हटाउने कुरामा बजेट मौन छ । जाँडलाई ब्राण्डिङ गर्ने कुरा मैले पनि बजेटमा बोलेको थिए । त्यो कार्यविधि अगाडि पनि बढेको थियो । यसपटकको बजेट त्यसमा पनि मौन छ । सम्रगमा विनियोजनको विधेयक प्राप्त भएपछि परिणामुखी कति छ भन्नेकुरा आउँछ । ’

उनले वितरणमुखी योजना हटाउन तीनभन्दा तलका योजनाहरु नराख्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार