२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

सांसद डा शर्मा र मोरङ कांग्रेस सभापति लिम्बू विराटनगरमा

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा सुनिल शर्मा र नेपाली कांग्रेस मोरङका जिल्ला सभापति तथा सांसद डिकबहादुर लिम्बूलाई आज बिहान विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ।

जिल्लाका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि डा शर्मा आज बिहान ८ बजे काठमाडौँबाट बिराटनगर प्रस्थान गरेका हुन्। उनको आगमनसँगै विमानस्थल परिसर कांग्रेस कार्यकर्ता, युवा नेता, महिला संघ, तरुण दल, नेपाली विद्यार्थी संघ लगायतका भातृ संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्वागत कार्यक्रममा फूलमाला, खादा, र नाराबाजीसहित उपस्थित जनसमूहले नेताहरूको सम्मान र स्वागत गरेका थिए। समर्थकहरूको जोश, नाराहरु र अनुशासित व्यवस्थापनले कार्यक्रमलाई थप भव्य बनाएको थियो।

सांसद डा शर्मा र सांसद लिम्बू दुबै जना आगामी दिनमा मोरङ जिल्लामा विकास, संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियानलाई अझ प्रभावकारी बनाउने योजनाका साथ जिल्लामा प्रस्थान गरेका हुन् ।

कार्यक्रमपछि दुबै नेताले उपस्थित कार्यकर्ताहरूसँग अभिवादन आदानप्रदान गर्दै पार्टीको हालको अवस्था, भावी रणनीति र जनताप्रति जिम्मेवारीबारे छोटो सम्वाद पनि गरेका थिए ।

डा शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।

हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार