काठमाडौँ । राप्रपाका सांसद दिपक सिंह पक्राउ परेका छन् । आइतबार दिउँसो प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका सिंह आफैँ पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँ परिसरबाटै आज साँझ उनी पक्राउ परेका हुन् ।
प्रहरीमाथि दुर्व्यवहार गरेकाले उनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
राजावादी समूहले बिहिबारदेखि काठमाडौँ प्रदर्शन गर्दै आएका छन् । उनीहरूले आइतबार नारायणचौर क्षेत्रमा प्रदर्शन गरेका थिए ।
यो पनि :
राप्रपा नेपालका अध्यक्ष कमल थापासहित अन्य ६ जना पक्राउ
प्रतिक्रिया दिनुहोस