२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

‘सहसचिवमाथि अख्तियारले छानबिन गरेकाले गृहमन्त्रीको राजीनामा माग्नु सान्दर्भिक छैन’

आइतवार , आषाढ १, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एक जना सहसचिवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले सोही विषयलाई आधार बनाएर गृहमन्त्रीको राजीनामा माग गर्नु सान्दर्भिक नहुने धारणा राखेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा अहिले पनि निर्वाचन आयोगको अभिलेखमा रवि लामिछाने भएको उल्लेख गर्दै पाँचपाँच वटा मुद्दा अदालतमा चलिरहेका व्यक्ति सभापति हुन नमिल्ने बताए ।

“रास्वपाको संसदीय दलको नेता परिवर्तन गर्नेसम्बन्धी कुनै खबर पनि नआएकाले संसद् सदस्य पदबाट निलम्बित हुनुभएका लामिछाने कसरी संसदीय दलको नेता हुन सक्नुहुन्छ?”, उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार