२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

प्रगतिशिल कानुन व्यवसायी संगठनको अध्यक्षमा थापा निर्वाचित

सोमवार , आषाढ २, २०८२

काठमाडौँ । नेकपा (एमाले) निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपाल (पिपिएलए) को अध्यक्ष पदमा अमर थापा चयन भएका छन् ।

गएराति सम्पन्न भएको निर्वाचनमा थापाका नेतृत्वमा ९९ कमिटी चयन भएको प्रमुख निर्वाचन अधिकृत चोकबहादुर मगरले जानकारी दिए ।

उनका अनुसार सङ्गठनको खुला उपाध्यक्षमा भीमसेन बञ्जरा, महिला उपाध्यक्षमा यशोदादेवी खरेल, महासचिवमा भुवनप्रसाद निरौला, उपमहासचिवमा बाबुराम राई, तीन सचिवमा युवककुमार गौतम, मुकुन्दप्रसाद अधिकारी र अनिता गुरुङ तथा कोषाध्यक्षमा कुमारप्रसाद घिमिरे निर्वाचित भएका छन्। गत शनिबारदेखि पिपिएलएको तेस्रो राष्ट्रिय सम्मेलन यहाँ सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट