२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

बराहक्षेत्रमा जंगली हात्ती मृत फेला

सोमवार , आषाढ २, २०८२

सुनसरी । सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ ।

बराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्ती आज बिहान मृत अवस्थामा फेला परेको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

आज बिहान स्थानीयवासीले हात्ती मृत भेटिएको खबर गरेको उनले बताए । कार्कीका अनुसार झण्डै ५ देखि ७ वर्ष उमेरको भाले हात्ती रहेको छ ।

हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन । जिल्ला वन कार्यलय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्षसहितको टोलिले हात्तीको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको नगर प्रमुख कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट