२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

राप्रपाका सांसदले आइतबारको संसद बैठक भत्ता नलिने

सोमवार , आषाढ २, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले आइतबार असार १ गते को संसद बैठक भत्ता नलिने निर्णय गरेको छ । राप्रपाका सांसदले बहिष्कार गरेको संसद बैठकको भत्ता नलिने भएको हो ।

प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले असार १ गतेको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिकरूपमा उचित नहुने निर्णय गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएका हुन् ।

विपक्षी दलको अवरोधको अवस्थामा बैठक चलाउनु दादागिरी भएको भन्दै राप्रपाका सांसदले बैठक बहिष्कार गरेका थिए। प्रतिनिधिसभामा राप्रपाका १३ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट