काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी छन्।
मन्त्री राणा देउवाले नेपालका लागि इजरायली राजदूत स्मगलर एरी बाससँग भेट गरी इजरायल र इरानबीचको युद्धमा इजरालमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी हुन् ।
उनले युद्धको अवस्थामा नेपाली नागरिक असुरक्षित रहेको भन्दै सुरक्षित अवस्थाका लागि आवश्यक सहायताको पहल गरिदिन समेत राजदूत बासलाई आग्रह गरिन् ।
केही दिनयतादेखि इजरायल र इरानबीच युद्ध चलिरहेको छ। राजदूत बासले मन्त्री राणासामु इजरायलमा रहेका नेपाली नागरिक सुरक्षित रहेका जानकारी गराएका छन्।
प्रतिक्रिया दिनुहोस