२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

मंगलवार , आषाढ ३, २०८२

महोत्तरी । जिल्लामा ट्राफिक प्रहरीले गर्ने कारबाही क्रमशः घट्दो छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार बर्सेनि कारबाहीको सङ्ख्या घट्दै गएको देखिएको हो ।

चालु आर्थिक वर्षको गत जेठ मसान्तसम्ममा कारबाही सङ्ख्या २४ हजार ४६४ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त सङ्ख्या ३५ हजार ९२७ र त्यसभन्दा अघिल्लो आव २०७९–८० मा ३७ हजार १५० थियो ।

“सवारी साधनको सङ्ख्या दिनहुँ बढ्दो छ,” जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मीराज जोशी भन्छन्, “ट्राफिक सचेतना कार्यक्रमको प्रभावले हुनसक्छ, हामीले नियमित चेकजाँच बढाए पनि कारबाही गर्नुपर्ने अवस्था घटेका छन् ।” सडक दुर्घटना र मानवीय क्षतिका घटना पनि घट्दै गएको उनको भनाइ छ ।

कारबाही सङ्ख्या घटे पनि ठूला सवारीसाधनका चालकहरु बढी कारबाहीमा पर्दा राजस्व भने वृद्धि भएको जोशीले स्पष्ट पारे । चालु आवमा दुई करोड रु ३३ लाख ६१ हजार ५०४ राजस्व सङ्कलन भइसकेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट