२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

झापाका ५२५ जना वन्यजन्तु पीडित राहतको पर्खाइमा

बिहिवार , आषाढ ५, २०८२

झापा । डिभिजन वन कार्यालय झापाले यहाँका हात्तीपीडितलाई रु एक करोड ९० लाखभन्दा बढी राहत उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१ र ०८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट रु एक करोड ९० लाख एक हजार ९९३ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका पशु चिकित्सक डा. सोनाम भलले जानकारी दिए।

कार्यालयले ५१० हात्तीपीडित घरपरिवारलाई रु ६९ लाख ९३ हजार ५६५ र निर्देशनालयले ७३ हात्तीपीडित घरपरिवारलाई रु एक करोड २० लाख आठ हजार ४२८ राहत उपलब्ध गराएको उनले बताए । निर्देशनालयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० जना मृतकको परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले रु एक करोड, हात्तीको आक्रमणमा परी घाइते भएका १० जनालाई रु ११ लाख १८ हजार ६२८, हात्तीले २२ वटा घरको क्षति पुर्याएबापत रु चार लाख २० हजार, भण्डारण गरिएको अन्नमा क्षति (१८ वटा) पुर्याएबापत रु एक लाख ८० हजार, अन्नबालीमा क्षति (२९ वटा) पुर्याएबापत रु दुई लाख ७९ हजार ८०० र एउटा पशुधनको क्षतिपूर्तिबापत रु १० हजार पीडितलाई राहत उपलब्ध गराएको डा. भलले जानकारी दिए ।

जिल्लामा ५२५ जना वन्यजन्तु पीडितलाई अझै राहतको पर्खाइमा छन् । उनीहरुलाई रु ८७ लाख २४ हजार ५३२ राहत रकम वितरण गर्न बाँकी रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट घाइते भएका छ जनामध्ये चार जनालाई खर्चका लागि फाइल निर्देशनालय पठाइएको छ ।

मेचीनगर–३ की कोपिला लिम्बू, शिवसताक्षी–१ का प्रदीप पासवान, दमक–३ का अविनारायण खत्री र मेचीनगर–१२ की भीममाया राईको फाइल निर्देशनालय पठाइएको छ भने दमक–३ की योगिता दाहाल र रमेश गौतमको फाइल पठाउन बाँकी रहेको डा. भलले बताए । “हात्तीको आक्रमणबाट घाइते भएकालाई बढीमा रु दुई लाख दिने व्यवस्था छ”, उनले भने, “अङ्गभङ्ग भएकालाई रु पाँच लाख राहत उपलब्ध गराइन्छ ।” घाइतेको उपचारमा ठूलो रकम खर्च हुँदा सरकारी तवरबाट प्रदान गरिने उपचार खर्च कम हुने उनी बताउछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट