२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

शैक्षिक अवसरको पुल बनेको ब्रिज इन्टरनेशनल: देशभर घुमेको टुर काठमाडौँमा सम्पन्न

बिहिवार , आषाढ ५, २०८२

काठमाडौँ । 'ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी' द्वारा सञ्चालन गरिएको (Student Engagement Tour 2025)को समापन कार्यक्रम काठमाडौँको नयाँ बानेश्वरस्थित कर्पोरेट कार्यलयमा सम्पन्न भएको छ।

समारोहमा ब्रिटिस काउन्सिल नेपालकी कन्ट्री एक्जाम्स डाइरेक्टर तथा जनरल म्यानेजर प्रतिष्ठा थापा रायमाझी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिइन्।

उनले विद्यार्थीहरूको अन्तर्राष्ट्रिय अध्ययन यात्रामा ब्रिज इन्टरनेशनलले खेलेको भूमिकाको प्रशंसा गर्दै, यस्ता कार्यक्रमहरूले नेपाली युवाहरूलाई विश्वस्तरीय शिक्षा प्रणालीप्रति अझ आकर्षित बनाउने बताइन्।

कार्यक्रममा ब्रिटिस काउन्सिलका बिजनेस डेभलपमेन्ट हेड सुदर्शन सुवेदी विशेष अतिथिका रूपमा सहभागी थिए। उनले आफ्नो मन्तव्यमा ब्रिजको यस्तो शैक्षिक अभियानले देशभरिका विद्यार्थीहरूलाई सही जानकारी, सल्लाह र अवसर प्रदान गरिरहेको उल्लेख गरे।

समापन कार्यक्रममा ब्रिज इन्टरनेशनलका कार्यकारी अध्यक्ष भुवन गिरीले सबै अतिथिहरू, सहभागीहरू तथा समर्पित टिमप्रति आभार प्रकट गर्दै संस्थाको आगामी योजना र विद्यार्थी–केन्द्रित दृष्टिकोण प्रस्तुत गरे।

त्यस्तै, संस्थाका अध्यक्ष महेश गिरीले संस्थाको प्रारम्भिक यात्रादेखि अहिलेसम्मको प्रगति र अन्तर्राष्ट्रिय स्तरमा बनाइएको विश्वसनीयताको बारेमा चर्चा गर्दै, आगामी दिनहरूमा अझ प्रभावशाली र सहायक कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।

टुर कार्यक्रम नेपालगञ्जबाट सुरु भई क्रमशः धुलाबारी, बिर्तामोड, धरान, इटहरी, विराटनगर, चितवन हुँदै जुन १८ मा काठमाडौँमा समापन गरिएको हो।

देशका प्रमुख सहरहरूमा आयोजित यस टुरमा हजारौँ विद्यार्थीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममार्फत अन्तर्राष्ट्रिय शिक्षा, स्कोलरशिप, भाषा परीक्षा, र कन्सल्टेन्सी सेवाबारे प्रत्यक्ष जानकारी दिइएको थियो।

ब्रिज इन्टरनेशनलले आगामी दिनहरूमा पनि यस्ता विद्यार्थीमैत्री र भविष्य–निर्माणमा सहयोग पुर्‍याउने कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जानकारी दिएको छ।

जुन अधिकार दशकौँसम्म नपाएका नागरिकले आज पाए, त्यो केवल एक कागजको टुक्रा होइन, त्यसको अर्थ उनीहरूको जीवनमा स्थायित्व, सुरक्षा बोध र भविष्यको उज्यालो आशा हो । यही आशाले चुलाचुलीमा नयाँ ऊर्जा भरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट