काठमाडौं । रास्वपा र राप्रपाका सांसदको अवरोधका कारण सदनमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।
सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका हुन् ।
लगत्तै सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् ।
प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएपनि रास्वपा र राप्रपाको नाराबाजीबीच सभामुखले बजेटमाथिको छलफल अघि बढाएका छन् ।
प्रतिक्रिया दिनुहोस