२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘सरकारले ल्याएको बजेट किसानमैत्री भएन’ : उपमहासचिव बस्नेत

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले सरकारले ल्याएको बजेट किसानमैत्री नभएको बताएका छन् ।

आज यहाँस्थित संवाद डबलीमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले आयोजना गरेको कार्यक्रममा उपमहासचिव बस्नेतले बजेटले किसानलाई अन्याय गरेको आरोप लगाए ।

४८औँ जुगेडी किसान संघर्ष दिवसको अवसरमा पूर्वगृहमन्त्रीसमेत रहेका नेता बस्नेतले आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षको रुपमा पेस भएर दुई बुँदे सहमति गरेको र त्यो कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने चेतावनी दिए ।

उनले सरकारसँग भएको सहमति बारे कुनै गलत धारण नबनाउनसमेत आग्रह गरे । “यदि ३० दिनभित्र समहति कार्यान्वयन नगरे सरकार विरुद्ध सडक संघर्ष गर्ने बाटो खुला छ तर आशा गरौँ छिट्टै उच्चस्थतरीय छानबिन समिति बन्ने छ”, उनले भने ।

नेता बस्नेतले किसान आन्दोलनमा जनवादी क्रान्तिको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भने, “विसं २०५२ अघि भएका विभिन्न किसान आन्दोलनले सही दिशामा पक्रन नसक्नुको मुख्य कारण सामन्तवादप्रति केन्द्रित थिएनन्, सो विषय जनयुद्धले समेट्यो र निर्णायक बन्यो ।”

बस्नेतले समय क्रमसँगै सामाजिक जीवनको परिस्कृत मूल्य, मान्यता र आवश्यकताअनुसार सङ्घर्षका स्वरुप बदलिन सके मात्र किसान आन्दोलनलाई नवीन रुप दिन सकिने बताए ।

सङ्गठनका उपाध्यक्ष श्रीगोविन्द महर्जनले जुगेडीलगायतका सङ्घर्षहरुलाई सत्तामा पुग्ने र बिर्सने प्रवृत्ति विरुद्ध आफूहरुले खबरदारी गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट