२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादन गर्ने

मंगलवार , आषाढ १०, २०८२

मोरङ । मोरङको बूढीगंगा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको तयारी सुरु गरेको छ । विश्वविद्यालयले मधुमेहसम्बन्धी उपचारमा प्रयोग हुने औषधिको अनुसन्धान गरी उत्पादन सुरु गर्ने तयारी गरेको हो ।

विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले सोमबार ‘उपकुलपतिसँग पत्रकार’ कार्यक्रम सञ्चालन गर्दै नेपाली जडीबुटीको प्रयोग गरी मधुमेह रोगको उपचार विधि र पद्दतिलाई महत्त्व दिँदै उत्पादनसम्बन्धी अनुसन्धान भइरहेको जानकारी दिए । उनले चालु शैक्षिकसत्रमा विश्वविद्यालयले १० वटा विभिन्न विषयमा अनुसन्धान गरिरहेको बताए ।

उपकुलपति पोखरेलका अनुसार दश वटा अनुसन्धानमध्ये मधुमेह रोगको उपचार गर्ने र ब्याक्टेरियोफेजसम्बन्धी अनुसन्धानलाई विशेष महत्त्वका साथ अगाडि बढाइएको छ । आफ्नै प्रयोगशालामा अनुसन्धान गरी विभिन्न आयुर्वेदिक औषधिसम्बन्धी उत्पादनको तयारी भइरहेको उनको भनाइ छ ।

उनले तह १ देखि तह ५ सम्मको ‘स्किल टेष्ट’ पास गरिसकेका विद्यार्थीलाई तह ६ देखि तह ८ सम्मको अध्ययन गराउने योजनाअनुसार विश्वविद्यालय अघि बढेकोे धारणा व्यक्त गरे । उपकुलपति पोखरेलले विश्वविद्यालयमा स्नातक र स्नातकोत्तरअन्तर्गतका विभिन्न कार्यक्रममा ३२२ विद्यार्थी अध्ययनरत रहेका जानकारी दिए ।

कोसी प्रदेश सरकारले विसं २०७६ मा स्थापना गरेको विश्वविद्यालय मुलुकभित्रको पहिलो प्राविधिक विश्वविद्यालय हो । उपकुलपति पोखरेलले मुलुकको पहिलो प्राविधिक विश्वविद्यालय भए पनि प्रदेश सरकारबाट अपेक्षित रूपमा बजेट विनियोजन नभएको गुनासो व्यक्त गरे।

विश्वविद्यालयले प्रदेश सरकारसँग आगामी आर्थिक वर्षका लागि ३७ करोड बजेट माग गरेकामा १४ करोड मात्र विनियोजन भएको उपकुलपति पोखरेलले उल्लेख गरे। उनले कूल बजेटको शून्य दशमलव पाँच प्रतिशत मात्रै विनियोजन हुनु दुःखद् भएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट