२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

असारको तेस्रो साताभित्रै भुक्तानी माग गर्न अनुरोध

शनिवार , आषाढ १४, २०८२

पर्सा । पूर्वाधार विकास कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/०८२ मा सम्झौता भएका योजनाहरूको भुक्तानी चालु आर्थिक वर्ष सम्पन्न हुनुभन्दा एक साताअघिसम्म मात्र भुक्तानी हुने जनाएको छ ।

कार्यालयले आव २०८१/०८२ मा सम्झौता भएका योजनाहरूको भुक्तानीको लागि आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम, ३० (७) र (८ं) बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगाडीसम्म मात्र भुक्तानी हुने बताएको छ ।

पूर्वाधार विकास कार्यालय वीरगञ्जका कार्यालय प्रमुख लालबाबु रायले असार महिनामा भुक्तानी कार्यमा अत्यधिक चाप हुने र आइपिएफएम प्रणालीमा पनि सोहीअनुरूप चाप पर्ने भएकाले यस कार्यालयमा सम्झौता भएका योजनाहरूको भुक्तानीको लागि आवश्यक कागजातहरू तोकिएको समयभित्रै पेस गर्नका लागि अनुरोध गरे ।

“भुक्तानीका लागि आवश्यक पर्ने निवेदन, बिल भर्पाइ, अनुसूची फारमहरू, मूल्याङ्कन बिलसहित यस कार्यालयमा २०८२ साल असार १८ गतेसम्म आवश्यक कागजातसहित निवेदन दिनुहुन अनुरोध छ”, प्रमुख रायले भने, “तोकिएको समयभित्र दर्ता हुन नआएमा कार्यालय जवाफदेही नहुने र सोको भुक्तानी छुट भए सोको जवाफदेहिता सम्बन्धित उपभोक्ता समितिहरू, निर्माण व्यवसायीहरू र सरोकारवालाहरू स्वयं नै रहन सूचना सरोकारवालालाई जानकारी गराइन्छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट