२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो, मन्त्री भएपछि म जोगी भए : मन्त्री पुन

बिहिवार , आषाढ ४, २०८३

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्री भएपछि आफ्नो प्रिय क्लास छुटेको बताएका छन् ।

उनले आज संसदमा सांसदहरुको जवाफ दिने क्रममा आफू मन्त्री भएपछि सधैँ संसदमा उपस्थित हुन नसकेको भन्दै आफ्नो क्लास छुटेको उनले बताएका हुन् । 

मन्त्री पुनले आफ्नो मन्त्रालयलाई ४ अर्ब प्राप्त भएकोमा झन्डै साढे ३ अर्ब अबन्डा रहेको बताए । यो सबै बजेटको कार्यक्रम बनाउनै बाँकी रहेको उनले बताए ।

त्यस्तै, उनले सुरुमा गाउँसँग भएको पिरती जिल्ला हुँदै देशसँग परिणत भएर आफू सांसद, मन्त्री भएको बताए । उनले आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि बताए ।

उनले भने,  ‘म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पिरती बस्यो । गाउँबाट जिल्ला, जिल्लाबाट अरु जिल्ला हुँदै देशसँग पिरती बस्यो । त्यसैले अहिले जोगी भएँ । पक्का जोगी हो म चाँही । व्यवहारिक रूपमा पनि म जोगी नै हो ।’ 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट