२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

महासंघले तोक्न छाड्यो सुनचाँदीको कारोबार मूल्य, यस्तो छ कारण

आइतवार , आषाढ १५, २०८२

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न बन्द गरेको छ ।

सरकारले लगाएको करको विरोधमा सुनचाँदी व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएपछि महासंघले बजाउ भाउ तोक्न बन्द गरेको हो । महासंघले आइतबारदेखि सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्न छाडेको छ।

आर्थिक वर्ष २०८२/८२ को बजेटमार्फत सरकारले सुनमा २ प्रतिशत विलासिता कर लगाएको छ भने हिरा र बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ। सो भ्याट खारेज गर्नुपर्ने मागसहित शुक्रबारदेखि व्यवसायीहरुले पसल बन्द गरी आन्दोलन गरिरहेका छन्।

देशभरकै पसल बन्द भएपछि सुनचाँदीको कारोबार मूल्य निर्धारण नगर्ने निर्णय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रति तोला १ लाख ८९ हजार ४ सय रुपैयाँ भएको थियो। १० रुपैयाँ घटेर चाँदी तोलाको २ हजार १ सय ६५ रुपैयाँ भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रति औंस ३२७४.२३ डलर छ। चाँदी प्रतिऔंस ३६ डलर छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट