काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षा संकायबाहेक अध्ययन गरेकाले पनि लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था भएको छ ।
आइतबार सिंहदबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयकमा यस्तो प्रावधान राख्न सहमति जुटाएको हो।
विद्यालय तहको शिक्षक हुन जुनसुकै विषय पढेकाले पनि अध्ययन अनुमतिपत्र लिन पाउने सहमति समितिले गरेको हो ।
त्यस्तै, शिक्षकहरूले प्रत्येक पाँच वर्षमा पुनर्ताजगी तालिम लिनुपर्ने प्रावधान समेत विधेयकमा समावेश गर्ने सहमति भएको छ। यसका लागि तालिमको जिम्मेवारी तीन तहकै सरकारलाई दिने व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस