२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

प्राकृतिक स्रोतसाधनको सदुपयोगबाट जनतालाई समृद्ध बनाउनुपर्छ : अध्यक्ष नेपाल

आइतवार , आषाढ १५, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन् ।

अखिल नेपाल किसान महासङ्घद्वारा राष्ट्रिय धान दिवसको अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले कृषि क्षेत्रलाई औद्योगिकीकरण गर्न लगानी बढाउनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले सरकारले उपलब्ध गराउने अनुदानबाट कृषि उत्पादनमा आउने वृद्धिले त्यसको लागत घट्ने बताए ।

विकासका थुप्रै सम्भावना हुँदाहुँदै देशको विकास हुन नसकेको उल्लेख गर्दै उनले भने, “हामीसँग भएका थुप्रै प्राकृतिक स्रोतसाधनको सदुपयोग गरी जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्छ ।”

कृषि, उद्योग, पर्यटन, पूर्वाधार, ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले कृषिको आधुनिकीकरण, व्यावसायीकरण, औद्योगिकीकरण र विविधीकरणबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सकिने बताए ।

अध्यक्ष नेपालले पछिल्लो समय कम्युनिष्ट पार्टीमा अवसरवादी प्रवृत्ति बढ्दै गएकाले कम्युनिष्ट आन्दोलनमा विचलन आएको उल्लेख गरे । उनले आफ्नो पार्टीले वैचारिक दृष्टिकोण निकट रहेका राजनीतिक दलहरुसँग सहकार्य गरी वामपन्थी आन्दोलनको रक्षा गर्दै कम्युनिष्ट विचार र लोककल्याणकारी कार्यक्रमलाई अगाडि बढाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ