काठमाडौं । रौनक श्रीवास्तवको शतक तथा दुई अर्धशतकको मद्दतमा नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध बलियो योगफल खडा गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको हो । यो प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो ।
रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए । त्यस्तै जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन बनाए । भुटानका सन्जय दोर्जीले ३ विकेट लिए भने तेन्जिन लोदेले १ विकेट लिए ।
हालसम्म नेपालले खेलेका तीनवटै खेल जितेको छ र सेमिफाइनल खेल्ने पनि पक्का भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस